ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोमबार पालिकाको वडा नं.६ मामाङ्खे स्थित थाबेगु टोल बस्ने वर्ष ३० का बिजय लिम्बुको बाख्रा चराउन जाने क्रममा थोक्लम्बी भिरबाट लड्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक जंट्टा शंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शब थोक्लम्बी भिरबाट लडी अन्दाजी २ सय मिटर तल खासेवा खोलामा उतानो परी मृत अवस्थामा रहेको भनेर सोही वडाका अध्यक्ष सुखराज लिम्बुले जानकारी गराउनुभएको थियो ।


घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी सहायक निरीक्षक हिमराज कटुवालको कमाण्डमा चार जना प्रहरी खटिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोख्रेलको कमाण्डमा प्रहरी खटि शबको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4:01 pm

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र