ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ । सोमबार पालिकाको वडा नं.६ मामाङ्खे स्थित थाबेगु टोल बस्ने वर्ष ३० का बिजय लिम्बुको बाख्रा चराउन जाने क्रममा थोक्लम्बी भिरबाट लड्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक जंट्टा शंकर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शब थोक्लम्बी भिरबाट लडी अन्दाजी २ सय मिटर तल खासेवा खोलामा उतानो परी मृत अवस्थामा रहेको भनेर सोही वडाका अध्यक्ष सुखराज लिम्बुले जानकारी गराउनुभएको थियो ।


घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी सहायक निरीक्षक हिमराज कटुवालको कमाण्डमा चार जना प्रहरी खटिएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोख्रेलको कमाण्डमा प्रहरी खटि शबको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 4:01 pm

ताप्लेजुङको सिरिजंघामा भिरबाट लडेर एक जनाको ज्यान गयो

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भिरबाट लडेर एकजनाको ज्यान

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

ताप्लेजुङ, पुस १२ गते । देशभर पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनीधि सभा चुनाव : ताप्लेजुङमा ९० हजार ३ सय २७ मतदाता कायम

रेडियो काबेलीताप्लेजुङ । आगामी फाल्गुण २१ गते हुने प्रतिनीधि सभा

२०५५ को भानुजन माविको एसएलसी व्याचद्धारा फुङलिङ आधारभुत विद्यालयका विधार्थीलाई न्यानो कपडा वितरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा–३ मा अवस्थित फुङलिङ आधारभुत

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा