तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 



ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ ।  बहु प्रतीक्षित तथा चर्चित आयोजनाका रूपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजनाको काम २२ प्रतिशत सम्पन्न भएको हो । 

जिल्लास्थित मेवा खोला र तमोर नदीको पानीको उपयोग गरी आयोजना निर्माण गर्न लागिएको हो । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको प्रवर्धनमा निर्माण हुने आयोजनाको काम  सुरु भएसँगै हालसम्म २२ प्रतिशत कामको प्रगति भइसकेको प्रबन्धक कम्पनीका संस्थापक अध्यक्ष एवम् सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । 

उहाँका अनुसार कम्पनीको मुख्य कार्यालय, आयोजना शिविरका संरचना, निर्माणस्थलमा आउजाउ गर्ने सडकहरू निर्माण भइसकेका छन् । त्यस्तै, बालुवा थिग्राउने पोखरी, अडिट र मुख्य सुरुङ निर्माणको काम पनि सुरु भएको लिम्बूले जानकारी दिनुभयो । आयोजना निर्माणको प्रारम्भमा प्रबन्धक कम्पनीले बेहोर्ने २५ प्रतिशत लागतको खर्चबाट काम भइरहेको पनि उहाँको भनाइ छ । 

आयोजनाको कुल लागत रकम भने करिब २६ अर्ब रुपियाँ छ । आयोजनाका लागि सिद्धार्थ बैँक लिमिटेडको अगुवाइमा माछापुच्छ्रे बैँक लिमिटेड, एसबिआई बैँक लगायतको मुख्य लगानी छ । तमोर मेवा आयोजनाबाट १२८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्नेगरी प्रक्रिया सुरु गरिएकोमा निर्माणको चरणमा पुग्दा १७ मेगावाट थप हुने भएपछि आयोजना कुल १४५ मेगावाट क्षमताको हुने भएको पनि लिम्बूले बताउनुभयो । 

सुरुमा १०१ मेगावाट क्षमताको विद्युत उत्पादन गर्नेगरी प्रक्रिया सुरु भएको आयोजना निर्माणको काम भने करिब २६ वर्षपछि सुरु गरिएको छ । कम्पनी दर्ताको प्रक्रिया वि.सं. २०५६ मङ्सिरदेखि नै प्रारम्भ गरिएको थियो ।

यता तत्कालका लागि तमोर नदीको पानी मात्र उपयोग गरेर आयोजना निर्माण गर्नेगरी काम सुरु गरिएको पनि कम्पनीका संस्थापक अध्यक्ष लिम्बूले बताउनुभयो । तमोर नदीबाट आयोजना निर्माण हुने हुँदा आयोजनाको विभिन्न संरचनाहरू फुङ्लिङ नगरपालिकाभित्र रहनेछ । आयोजनाको मुख्य प्रभावित क्षेत्रका रुपमा फुङ्लिङ नगरपालिका–१, वडा २, वडा नम्बर ३, वडा नम्बर ८ दोखु र वडा नम्बर ९ हाङ्देवा पर्छ ।

आयोजनाको मुहान अर्थात मुख्य बाँध फुङ्लिङ नगरपालिका –१ दगुर्नेमा पर्दछ भने विद्युतगृह वडा ३ स्थित तमोर नदी किनार गुयेलीमा रहनेछ । मुख्य सुरुङको दूरी पाँच किलोमिटरको हुने आयोजनाले जनाएको छ । यसअघि आयोजनाको २०८१ जेठ १० गते तत्कालीन संविधानसभाका सदस्य सञ्चपाल मादेनले शिलान्यास गर्नुभएको थियो । 

प्रकाशित मिति : 5:01 pm

तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य २२ प्रतिशत 

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा

भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग 

सौगात विष्टताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने

ताप्लेजुङ, पुस १२ गते । लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी

उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा प्रदीप मादेन चयन 

ताप्लेजुङ, पुस १२ गते । उज्यालो नेपाल पार्टी ताप्लेजुङको संयोजकमा

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत