दोश्रो पदम बहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता सुरु, साथीभाइ र गोर्खाली विजय यात्रामा



ताप्लेजुङ, पुस ११ गते । दोश्रो पदम बहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । तमू ल्होसरको अवसरमा आयोजित प्रतियोगिताको उद्‌घाटन फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यता र उपप्रमुख भिमादेवी ओझाको विशिष्ट आतिथ्यतामा सुरु भएको हो । 

तमु जातिहरूको महान पर्व तमु ल्होसारको अवसरमा आयोजित प्रतियोगितामा आज दुई खेल भएका छन् । फुङ्लिङ नगरपालिका ६ स्थित लक्ष्मीटारमा आज भएको पहिलो खेलमा आयोजक ’ए’लाई ४ –० ले हराउँदै साथीभाइ युवा क्लबले जित निकालेको । 

त्यस्तै दोस्रो खेलमा कर्णसिंह सोनाम स्मृति क्लबलाई ५ –० गोलअन्तरले पराजित गर्दै गोर्खाली युवा क्लब मेलुङले विजयी सुरुवात गरेको छ ।  १४ टिम सहभागी प्रतियोगिताका अन्य खेलहरू भोलि बिहान १० बजेबाट सुरु हुने आयोजकले बताएको छ ।

प्रतियोगिताकाको फाइनल खेल तमु ल्होसारको दिन पुष १५ गत हुने छ । विजेताले नगद १ लाख १५ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कार व्यवस्था गरिएको बताइएको छ । 

प्रकाशित मिति : 9:16 pm

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन

फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी