ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।
यस अघि ताप्लेजुङका सेवाग्राहीहले छिमेकी जिल्ला पाँचथरबाट सेवा लिदै आएका थिए । सोही सेवालाई कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट सुरु गरिएको कोष नियन्त्रक यमनाथ गिरिले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यलयलाई युजर आईडी र पासवर्ड प्राप्त भए सँगै शुक्रबारबाट सेवा सुरु गरिएको छ ।
ताप्लेजुङ जिल्लाका लागि यो कार्य सुखत र सकारात्मक पक्ष भएको पनि नियन्त्रक गिरीको भनाई छ । ताप्लेजुङमा करदाता सेवा कार्यालय नहुँदा जिल्लावासी सेवाग्राहीहरुले सास्ती खेप्दै आएका थिए।






प्रतिक्रिया