पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा



ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

बुधबारबाट २१ दिने सूचना जारी गर्दै १ सय ७८ तोला ८२ लाल सुन बिक्री गर्न लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम प्रतितोला २ लाख ६७ हजार २ सय रुपियाँ लिलामी मूल्य तोकिएको छ ।

यस्तै ५ हजार २ सय ९८ तोला १२ लाल चाँदी पनि बिक्री गरिने भएको छ । चाँदीको मूल्य भने न्यूनतम प्रतितोला ४ हजार २ सय ५५ रुपियाँ तोकिएको हाङ्बाङको भनाई छ । यस अघि पनि क्षेत्र विकास समितिले पटक–पटक सुन तथा चाँदीको लिलामका लागि सूचना जारी गरेको थियो ।

तर अहिले सम्म उक्त सुन चाँदी बिक्री हुन सकेको छैन । पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन तथा चाँदी समितिले सङ्कलन गरी फुङ्लिङमा ल्याएर सरसफाइ गरी रिफाइन गर्ने गरेको छ ।

उक्त सुन तथा चाँदी खरिद गर्न इच्छुकले आगामी पुस २९ गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : 6:41 am

पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा

ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन

फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी

एकअर्काको धर्मप्रति सम्मान गरौँ : मेयर मादेन

ताप्लेजुङ, पुस १० गते । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले

सिदिङ्वा गाउँपालिकाको आफ्नै चिनारी तथा पहिचान झल्किने लोगो निर्माण

ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक

पाथिभरालाई प्रभावकारी बनाउन वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने 

सौगात विष्ट  ताप्लेजुङ, पुस १० गते । पाथिभरा बहुमुखी क्याम्पस