फक्तालुङमा आगलागी हुँदा ९ लाखको क्षति



ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी हुँदा उक्त बराबरको क्षति भएको हो।

घरमा ठूला मान्छे नभएको बेला साना बच्चाहरूले आगो ताप्नका लागि बालिएको आगोबाट घरमा आगो सल्की आगलागी भएको प्रहरी नायब उपरीक्षक डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाँडाकुँडा, नगद २० हजार रुपियाँ र घरधनी लिम्बू तथा श्रीमती हेमकला लिम्बुको नागरिकता प्रमाणपत्रसहित अन्य महत्वपूर्ण कागजातहरू समेत जलेर नष्ट भएको छ ।

आगलागीबाट ९ लाख रुपियाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाई छ । उक्त घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 5:51 pm

पाथीभराबाट साढे ४६ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, असार ३ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

आठराई त्रिवेणीलाई पुसभित्र फुसको छानोमुक्त पालिका घोषणा गरिने

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी

अन्तरजातीय विवाह गर्ने ११ दम्पती सम्मानित

ताप्लेजुङ, असार ३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अन्तरजातीय

ताप्लेजुङमा महिलालाई आत्मनिर्भर बनाउन सिजनल सयपत्री फूल खेती तालिम 

सौगात विष्टताप्लेजुङ, असार २ गते । महिलाको आर्थिक सशक्तीकरण र

ताप्लेजुङ गोल्ड कपको तयारी सुरु

ताप्लेजुङ, जेठ ३१ गते । ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण