एकअर्काको धर्मप्रति सम्मान गरौँ : मेयर मादेन



ताप्लेजुङ, पुस १० गते । फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले एकअर्काको धर्मप्रति अपनत्व हुनेगरि सबै नागरिकलाई धार्मिक गतिविधि गर्न आग्रह गर्नुभएको छ । क्रिसमस डेको अवसरमा ख्रिस्टियन बत्तीस मण्डली फुङलिङ नगरपालिका–५ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मादेनले एकले अर्को धर्मलाई होचोहेलो गर्न नहुनेमा जोड दिनुभयो । 

‘हामिले मान्ने विधि फरक हो, भगवान एउटै हुन्, त्यसैले तेरो धर्म यस्तो मेरो धर्म यस्तो नभनी सबैले सबैलाई मानेर बसौँ, त्यसले राम्रो गर्छ र गर्नु पर्ने पनि त्यहीनै हो’ मादेनले भन्नुभयो। बत्तीस मण्डलीको शुभकामना आदानप्रदान कार्यक्रममा मेरिङदेन गाउँपालिका अध्यक्ष युक हांबिर हाङगाम डम्बरले इसाई धर्माबलम्बीहरूको महान पर्वको अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीलाई सम्झिरहेको बताउनुभयो । 

फुङलिङ नगरपालिका ५ का वडाध्यक्ष सोजित श्रेष्ठ, काँग्रेस सभापति गजेन्द्र प्रसाद तुम्याहाङ, पाथीभरा बहुमुखी क्याम्पसमा अध्यक्ष शिला इजमले क्रिसमसको शुभकामना दिनुभएको थियो । बत्तीस मण्डलीका अध्यक्ष एवं पास्टर रुबेन एभेङका अनुसार जिल्लाभरनै बिहीबार आआफ्नो तरिकाले क्रिसमस डे मनाइएको छ । 

गाउँसहर परिवेश र समाज अनुसार आआफ्नै तरिकाले मनाएको र नगरपालिका केन्द्रीकृत कार्यक्रम आफूहरूले गरेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : 5:45 pm

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र