सिदिङ्वा गाउँपालिकाको आफ्नै चिनारी तथा पहिचान झल्किने लोगो निर्माण



ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो ।

साइनबोर्ड, लेटरप्याड लगायतमा प्रयोग गर्नेगरी गाउँपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) बनाएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको लोगो निर्माण भइसकेको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बुधबार एक सूचना प्रकाशित गरी स्थानीय वीरेन्द्र राई (ओमेन्सा) र कृतिका राईले संयुक्तरुपमा निर्माण गरको लोगो छनोट गरिएको उल्लेख गर्नुभएको छ । गाउँपालिकाले आह्वान गरेअनुसार आवश्यक मापदण्ड र शर्तहरु पूरा भएको उत्कृष्ट मूल्याङ्कन गरी वीरेन्द्र र कृतिकाले बनाएको लोगो छनोट गरिएको अधिकारीले जानकारी दिनुभयो ।

सिदिङ्वा गाउँपालिकाले पालिकाको चिनारी तथा पहिचान झल्किने गरी लोगो निर्माण गरेको छ । लोगोमा गाउँपालिकाभित्र रहेका तिम्बुङ पोखरी, ढङ्ढगे झरना, सिदिङ्वा धामजस्ता पर्यटकीय स्थलहरु समेटिएका छन् भने यहाँ पाइने दुर्लभ रेडपान्डा, डाँफे, मुनाल, याक चौंरी, भेडाजस्ता वन्यजन्तु तथा घरपालुवा जनावरको प्रतीक पनि लोगोमा समेटिएका छन् ।

गाउँपालिकाले उत्कृष्ट लोगो निर्माण गर्नेलाई ९९ हजार रुपियाँ पुरस्कार प्रदान गर्नेगरी गत असार अन्तिम साता प्रतीक चिह्न (लोगो) निर्माण गर्ने सूचना आह्वान गरेको थियो । यता उत्कृष्ट छनोट भएको लोगोलाई तत्काल प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ । गोरखापत्र

प्रकाशित मिति : 5:43 pm

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि

ताप्लेजुङमा मतदानको तयारी पूरा

ताप्लेजुङ, फागुन २० गते । विहीबार हुने प्रतिनिधि सभा निर्वाचनका

पाथीभरा दर्शन गर्न आएका वृद्ध बेपत्ता

ताप्लेजुङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका

ओलीका लागी भोट माग्न योगेश झापा प्रस्थान

ताप्लेजुङ, फागुन १६ गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई