पाथिभरालाई प्रभावकारी बनाउन वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने 



सौगात विष्ट 

ताप्लेजुङ, पुस १० गते । पाथिभरा बहुमुखी क्याम्पस ताप्लेजुङले खुला डिजिटल वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसले पाथिभरा क्षेत्र विकास समितिको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो । 

पाथिभरा देवी श्रद्धा संस्कृति र पर्यटनको केन्द्र शीर्षकमा खुला डिजिटल वत्तृत्वकला प्रतियोगिता सञ्चालन हुने स्वतन्त्र विद्यार्थी युनियन पाथिभरा बहुमुखी क्याम्पसका अध्यक्ष तिलकुमार जोगीले जानकारी दिनुभयो । 

प्रसिद्ध धार्मिक स्थल र भक्तजनहरूको आस्थाको केन्द्र पाथिभरा क्षेत्रको धार्मिक महत्व, पहिचान तथा पर्यटन सम्भावनालाई थप प्रभावकारी रुपमा प्रबर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजन गर्न लागिएको हो । 

प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार रुपियाँ सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ । यस्तै द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश नगद १५ हजार र १० हजार रुपियाँ सहित प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

प्रकाशित मिति : 5:13 pm

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन

पाथीभरामा १८ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

कार्यसम्पादनमा सिरिजङ्घा प्रथम

ताप्लेजुङ, फागुन १ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका स्थानीय तहका