ल्होसारमा पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता



ताप्लेजुङ, पुष १० गते । तमु ल्होसारको अवसरमा दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति क्लब स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गुरुङ समुदायको महान पर्व ल्होसारको अवसरमा पौष ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने हो ।

पत्रकार सम्मेलन मार्फत तमु ह्यूल छोँज धीँ (गुरुङ राष्ट्रिय परिषद) र ताप्लेजुङ स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन हुने बारे जानकारी दिइएको हो ।

प्रतियोगितामा १४ टिमको सहभागिता रहने खेल संयोजक पब्लिक गुरुङले जानकारी दिनुभएको छ । प्रतियोगिताको विजेताले नगद एक लाख १५ हजार र उपविजेताले ५५ हजार रुपियाँ प्राप्त गर्ने आर्थिक संयोजक योगेश गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विधागत तर्फ समेत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

खेल सम्पन्न गर्न कूल १४ लाख ५० हजार रुपियाँ रकम लाग्ने आयोजकको अनुमान रहेको छ । तमु (गुरुङ) जातिहरूको ल्होसारको अवसरमा कृषि व्यवसाय, होमस्टे पर्यटन प्रवर्द्धन, धार्मिक क्षेत्र सँगै मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्न प्रतियोगितालाई निरन्तरता दिइएको सांस्कृतिक कार्यक्रम संयोजक सूर्य गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 11:58 am

ल्होसारमा पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिता

ताप्लेजुङ, पुष १० गते । तमु ल्होसारको अवसरमा दोस्रो स्वर्गीय

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर