ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । फुङलिङ नगरपालिकाको आर्थिक सहयोग र नेत्रहीन सङ्घ ताप्लेजुङको आयोजनामा आधारभूत तालिम सुरु भएको हो ।
शनिबार फुङलिङ बजारमा उद्घाटन समारोहको आयोजना गरि दृष्टिविहीनहरूका लागि आधारभूत कम्प्युटर तालिम सुरु गरिएको नेत्रहीन सङ्घ ताप्लेजुङका अध्यक्ष नरसिंह लिम्बूले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनको प्रमुख आतिथ्यतामा सुरु गरिएको छ । उहाँका अनुसार शनिबारबाट सुरु भएको तालिम आगामी माघ २० गते सम्म सञ्चालन हुने छ ।

तालिम केन्द्र फुङलिङमा सञ्चालित युनिभर्सल इन्स्टिच्युट रहेको सङ्घले जनाएको छ । तालिमको सहजीकरण प्रशिक्षक सुजता लिम्बूले गर्नुहुने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
दृष्टिविहीनलाई समेत कम्युप्टर शिक्षा प्रदान गरि प्रविधिमा योग्य बनाउने उद्देश्यका साथ तालिमको व्यवस्था गरिएको नगरप्रमुख अमिर मादेनले बताउनुभयो ।






प्रतिक्रिया