लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा बुधबार लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न गरिएको छ । मंसिर ७ गतेबाट सुरु गरिएको अभियान विभिन्न कार्यक्रमका साथ बुधबार समापन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले अभियानबाट के उपलब्धि भयो कहाँ नेर समस्या छ ? कहाँ नेर सुधारको आवश्यकता छ ? त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले उपचात्मक र निरोधात्मक उपाय लैंगिक हिँसा अन्त्यको लागि आवश्यक रहेको औँल्याउनुभयो ।

कार्यक्रममा फुङलिङ नगरपालिका उपप्रमुख भिमादेवी ओझाले पिडीतलाई न्याय र पिडकलाई सजाय दिन न्यायिक समिती लागि रहेको बताउँदै लैंगिक हिंसा अन्त्य गर्न सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस्तै फुङलिङ नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत राजमणि निरौलाले नगरपालिकाको न्यायिक समितीमा चालु आर्थिक वर्षमा ४६ वटा मुद्धा परेकोमा ४० वटा मुद्धाको फस्र्यौट गरिएको र ६ वटा मुद्धा पक्रियामा रहेको तथ्याङ्क प्रस्तुत गुर्नभयो । उहाँका अनुसार नगरपालिकामा सबैभन्दा बढी मुद्धा घरेलु हिँसाका आउने गर्दछन् ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जिल्लाका सबै प्रहरी युनिट लैंगिक हिँसाको अन्त्यका लागि लागिरहेको बताउँदै पछिल्लो समय विभिन्न वहानामा अनलाईन ठगि भई रहेको भन्दै सचेत रहन आग्रह गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले कार्यक्रममा प्रविधिको दु्रततर प्रयोगले साईबर अपराध, साईबर बुलिङ तथा अन्लाईन मार्फत लैंगिक हिँसा बढि रहेको तथ्याङ्क प्रस्तुत गर्दै यस्को प्रयोगमा सचेतता अपनाउनुपर्ने बताउनुभयो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा यस वर्ष “प्रविधिको सहि प्रयोग गरौं ः महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नारा सहित मनाईएको छ ।

प्रकाशित मिति : 8:50 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ