ताप्लेजुङमा शसस्त्र प्रहरीले बरामद गरेको ६ सय केजी बढी अवैध माछा नष्ट 



ताप्लेजुङ, मंसिर २३ गते । शसस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाले करिब ६ क्विन्टल भारतीय माछा बरामद गरि नष्ट गरेको छ । ताप्लेजुङ फुङलिङका व्यवसायीले अर्डरअनुसार झिकाएको माछा बिलमा उल्लेख गरेको भन्दा फरक प्रजातिका भारतीय माछा भएकाले बरामद गरि नष्ट गरिएको हो । 

गुल्मपति शसस्त्र प्रहरी नायब  उपरीक्षक (डिएसपी) प्रमोद प्रकाश पाठकका अनुसार करिब छ सय ३० किलोग्राम माछालाई गुल्मकै परिसरमा खाडलमा गाडेर नष्ट गरिएको छ । बिलमा पंगास प्रजातिको माछाको विवरण उल्लेख गरिएको तर रौँ, पोथ्री प्रजातिका भारतीय माछाहरू फेला पारिएकाले चेक पोष्ट बाटै बरामद गरि गुल्मको परिसरमा नष्ट गरिएको बताइएको छ । 

गत भदौमा समेत कागजात अर्थात बिल नै उल्लेख नभएको माछा जिल्ला भित्रिएको पाइएपछि नियन्त्रणमा लिई करिब दुई सय ५० केजी माछा नष्ट गरिएको थियो । सोही समयमा समेत व्यवसायीलाई सचेत गराइएको तर अटेर गरि पुन बिलमा उल्लेख गरिएको भन्दा भारतबाट फरक प्रजातिको माछा भित्र्याएकाले नियन्त्रणमा लिइएको गुल्मपति पाठकले बताउनुभयो । माछा जनप्रतिनिधि, नेपाल प्रहरी, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा खाल्डोमा पुरी नष्ट गरिएको छ । 

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार माछा ढुवानीका लागि सम्बन्धित माछा फर्म वा सप्लायर्सबाट कुन ठाउँदेखि कुन ठाउँसम्म माछा पुग्ने भन्ने पूर्ण विवरण खुलेको बिल जारी भएको अनिवार्य हुनुपर्नेमा नपाइएकाले बरामद गरिएको हो । 

जुन स्थानदेखि माछा ढुवानीका लागि उठाइएको हो, त्यो जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट समेत कागजात अनिवार्य गरिएको छ । विदेशबाट माछा आयात भएको भए क्वारेनटाइन स्वास्थ्य प्रमाणपत्र जारी भएको कागजात समेत हुनुपर्ने भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : 5:09 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज