मेरिङदेनको नाल्बुस्थित हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन



ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६, नाल्बुमा अवस्थित पर्यटकीय गन्तव्य हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन गरिएको छ। चासोक तङ्नामको अवसर विहिबार १० मिटर अग्लो पोलमा राष्ट्रिय झण्डा तोलन गरिएको हो । 

एक कार्यक्रमको आयोजना गरि मेरिङ्देन गाउँपालिका अध्यक्ष यूक हां विर हाङ्गाम (डम्बर) को उपस्थितिमा झण्डा तोलन गरिएको छ । प्याराग्लाइडिङ, वनभोज र रमणीय दृश्यावलोकनका लागि उपयुक्त मानिएको हाङलुङ पार्क समुद्र सतहबाट करिब २४०० मिटर उचाइमा अवस्थित छ। यहाँ रहेको ढुङ्गे स्तम्भ प्राचीन समयमा हाङ–राजा साम्युकहाङको घोडा बाध्ने किल्ला भएको किम्वदन्ती स्थानीयको भनाइमा पाइन्छ। यही कथाअनुसार यस स्थानको नाम हाङलुङ पार्क रहन गएको हो।

चासोक तङ्नामको दिन सो स्थानमा नाहेन, चासोक थिसोक फिम्मा र गाली–सराप बहन्ती समेत गरिँदै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमले स्थानीय संस्कृति झल्काउनुका साथै पर्यटक तथा आगन्तुकमा आकर्षण सिर्जना गरेको थियो ।

यस अघि नाल्बु निवासी समाजसेवी लोकमणि केदेम लिम्बुले निजी लगानीमा करिब १२ लाख रुपैयाँ खर्चेर २।५ किलोमिटर सडक निर्माण तथा अन्य आवश्यक पूर्वाधार विकास गर्नुभएको थियो । उहाँको योगदानको प्रशंसा गर्दै आगामी दिनमा लागत साझेदारी गरेर थप विकास निर्माणमा सहयोग गर्ने अध्यक्ष हाङ्गामले बताउनुभयो ।

केदेमले यसअघि जिल्लाको महत्वपूर्ण धार्मिक स्थल सभापोखरी देवी मन्दिर परिसर निर्माणमा पनि उल्लेखनीय योगदान पुर्‍याएका थिए। स्थानीयवासीले उनको निरन्तर सामाजिक सेवा र विकासप्रति समर्पणका लागि आभार व्यक्त गरेका छन्।

हाङलुङ पार्कको व्यवस्थित विकास भएमा यस क्षेत्र पर्यटन, साहसिक खेल तथा स्थानीय अर्थतन्त्रलाई थप उकास्ने सम्भावना रहेको सहभागीहरूको धारणा छ।

प्रकाशित मिति : 5:12 pm

आठराई त्रिवेणी गाउँपालिकाको आठ प्रमुख उपलब्धि सार्वजनिक

ताप्लेजुङ, साउन १३ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले वर्तमान

याङ्मामा फोरजी सेवा विस्तारका लागि पहल

ताप्लेजुङ, साउन १२ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले जिल्लाकै दुर्गम

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत