आगलागी पीडितलाई शेर्पा सङ्घ ताप्लेजुङद्वारा राहत प्रदान



ताप्लेजुङ, मंसिर १४ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–३ केनेमका आगलागी पीडितलाई नेपाल शेर्पा सङ्घ जिल्ला समन्वय समिति ताप्लेजुङले राहत प्रदान गरेको छ । संघले आगलागी पीडितलाई शनिबार राहत सामग्री प्रदान गरेको हो । 

शुक्रबार राति आगलागी हुँदा क्षदारे शेर्पाको घर जलेर नष्ट भएको थियो । आगलागी विद्युत सर्ट भएर लागेको थियो । आगलागी पीडित शेर्पालाई सङ्घले चामल, कपडा, डसना, सिरक, त्रिपाल लगायतका २० हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको सङ्घका अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । 

आगलागीबाट पीडित भएको परिवारलाई सान्त्वना स्वरुप राहत प्रदान गरिएको अध्यक्ष शेर्पाको भनाई छ । आगलागीबाट ७ लाख २० हजार बराबरको क्षति भएको छिमेकी लाक्चुङ शेर्पाको भनाई छ । 

प्रकाशित मिति : 5:45 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन