भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति



ताप्लेजुङ, मंसिर १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । शुक्रबार करिब साढे चार बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । 

विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । 

उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रहरी चौकी थुम्बेदिन, सिनाम र अस्थायी प्रहरी चौकी खाम्दिम्बेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टाको प्रयासपछि आगो करिब साँझ साढे ६ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:44 am

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन