तेम्बा बजारका  आगलागी पीडितलाई काङ्ग्रेसको आर्थिक सहयोग 



ताप्लेजुङ, मंसिर १० गते । ताप्लेजुङको तेम्बा बजारका  आगलागी पीडितलाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङ र नेपाली काँग्रेस मिक्कवाखोला गाउँपालिका समितिले आर्थिक सहयोग गरेको छ । मिक्कवाखोला ४ स्थित तेम्बा बजारमा गत मंसिर २ गते मध्यरात भएको आगलागी पीडितलाई आर्थिक सहयोग गरेको हो । 

आगलागी पीडित प्रत्येक परिवारलाई नगद ११ हजार ५०० रुपियाँको दरले आर्थिक सहयोग गरिएको नेपाली काङ्ग्रेस जिल्ला सभापति गजेन्द्र प्रसाद तुम्याहाङले जानकारी दिनुभयो ।  दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलामा सहभागी हुन तेम्बा बजार पुग्नुभएका सभापति सहित जिल्ला कार्यसमिति र मिक्कवाखोला गाउँपालिका समितिका अन्य पदाधिकारीहरूले आगलागी पीडितहरूलाई राहत स्वरुप जम्मा ६९ हजार रुपियाँ प्रदान गरेको हो । 

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । आगलागीबाट भाडामा बस्दै आउनुभएको पासाङ फुटी शेर्पा र दोर्ची शेर्पा पनि पीडित हुनुभएको छ ।

उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो । 

प्रकाशित मिति : 6:49 am

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा