तेम्बामा जारी फुटबल प्रतियोगितामा पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङको साँवास्थित तेम्बामा जारी अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलबाट पाँचथर र इलाम सेमिफाइनलमा प्रवेश गरेका छन् । 

दोश्रो फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेलामा आयोजित प्रतियोगिताको पहिलो खेलमा तेह्रथुमको फेदाप गाउँपालिकालाई पाखा लगाउँदै पाँचथरको गणेशचोक टिम सेमिफाइनलमा प्रवेश गरेको हो । ४–२ गोलअन्तरले पराजित गर्दै पाँचथरले विजयी सुरुवात गरेको प्रमुख सल्लाहकार नुपु शेर्पाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोश्रो खेलबाट मानाभरा युथ स्पोर्टिङ क्लब खेजेनिमलाई ५–१ गोलअन्तरले पराजित गर्दै इलामको रेड डेभिल्स क्लब विजयी भएको छ । भोलि सेमिफाइनलको दुईओटै खेल हुँदै छन् । पहिलो खेलमा नाल्बुको ग्रीन भ्याल्ली युवा क्लब भिड्दा दोश्रो खेलमा इलाम र पापुङको हिमाली तोक्पेगोला युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ ।

यो दुई टिमबीचको विजेताले उपाधिका लागि बिहीबार मैदान उत्रने छन् । प्रतियोगिताको विजेतालाई नगद ३ लाख २ हजार ८२ र उपविजेतालाई १ लाख ५० हजार ८२ रुपैयाँ बराबरको अलैँची प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : 8:59 pm

पाथीभरामा हिमपात

ताप्लेजुङ, फागुन १२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा

आज ग्याल्पो ल्होसार : सार्वजनिक बिदा

ताप्लेजुङ, फागुन ६ गते । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम

साउदीको रियादमा १०औँ सगरमाथा गोल्डकप आयोजना हुँदै

काठमाडौँ । साउदी अरबको राजधानी रियाद मा १०औँ संस्करणको ‘सगरमाथा

ताप्लेजुङको आवाज बन्ने छु : क्षितिज थेबे

ताप्लेजुङ, फागुन ४ गते । आगामी फागुन २१ गते हुने

डिजिटल वक्तृत्वकलामा विद्वता पोखरेल प्रथम

ताप्लेजुङ, फागुन २ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसमा सञ्चालन