तेम्बा बजारका आगलागी पीडितलाई मन्त्री हाङ्गामको आर्थिक सहयोग



ताप्लेजुङ, मंसिर ८ गते । ताप्लेजुङको तेम्बा बजारका आगलागी पीडितलाई कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री हाङ्गामले मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा गत मंसिर २ गते मध्यराति भएको आगलागी पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँले आगलागी पीडित परिवारहरूलाई नगद ३६ हजार रुपियाँ प्रदान गर्नुभएको छ । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेलाको उद्‌घाटन गर्न तेम्बा बजार पुग्नुभएका मन्त्री हाङ्गामले आगलागी पीडितहरूलाई थोरै सहयोग मिलोस् भन्ने हेतुले केही रकम प्रदान गरिएको बताउनुभएको छ । उहाँले आगलागी भएको स्थलको अनुगमन समेत गर्नुभएको छ । 

मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारमा आगलागी हुँदा इन्द्रकुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो । उक्त आगलागीबाट एक करोड १८ लाख रुपियाँभन्दा बढीको क्षति भएको थियो ।

प्रकाशित मिति : 7:23 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई