रेडियो काबेली
ताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी हुने भएको छ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ५ थुकिम्मामा दोस्रो साङ्धुङ्गे माङ्गेना कप वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम मंसिर १३ गतेदेखी हुने भएको हो ।
चासोक तङ्नाम मुल संचालक समितीको आयोजनामा हुने खेल प्रतियोगितामा आयोजकको तर्फबाट ३ टिम सहित जम्मा १५ वटा टिमको सहभागिता रहने समितीका अध्यक्ष विशाल लङवा लिम्बुले जानकारी दिनुभयो । प्रतियोगिताको प्रवेश शुल्क ५ हजार ५ सय ५५ रुपैँया रहेको छ भने टिम दर्ता मंसिर ११ गते अपरान्ह ४ बजेसम्ममा गरिसक्नु पर्ने खेल संयोजक सुशन लिम्बुले जानकारी दिनुभयो । उहाँका अनुसार बिजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् ।
स्थानीय लोकेश लिबाङले धार्मिक एव्म साँस्कृतिक हिसाबले महत्वपुर्ण साङ्धुङ्गे क्षेत्रको प्रचार प्रसार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । मंसिर १३ गतेदेखी हुने प्रतियोगिताको फाईल खेल १८ गते हुनेछ भने सोही दिन साँझ जिल्लाका कलाकारहरुको उपस्थितीमा साँस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।






प्रतिक्रिया