ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट



ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको छ । मिक्वाखोला गाउँपालिका –४ तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट भएको हो ।

अघि राती १२ बजेबाट अचानक आगलागी हुँदा विष्णु साँवा, राजकुमार साँवा, अनि साँवा र इन्द्रकुमार साँवाको घर जलेर नष्ट भएको स्थानीय तथा फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागी आगामी मंसिर ७ गतेदेखि सुरु हुन लागेको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक मेला लाग्ने स्थानमा नै भएको हो । सोही कारण मेला पनि अनिश्चित जस्तो भएको अध्यक्ष लिम्बूले बताउँनुभयो । मेला सम्बन्धी अहिले समिति बैक बस्न लागेको लिम्बूले जानकारी दिनुभयो ।

आगलागी नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएको लिम्बूको भनाई छ । आगलागी के कारणले भयो भन्ने अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:39 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई