महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै



काठमाडौँ । किरात धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा एक साधारण परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका अग्रदूत मानिन्छन्। समाजमा सुधार ल्याउन उनले ‘सत्य धर्म मुचुल्का’ नामक नीति विसं १९८८ वैशाख २४ गते जारी गरेका थिए, जसले किरात समाजलाई एकीकृत दिशा दिएको मानिन्छ।

तस्वीर : सन्तोष पुर्कुटी

फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो। किरात समाज सुधार र सांस्कृतिक जागरणमा उनले पुर्‍याएको असाधारण योगदानको सम्मानस्वरूप सरकारले उनलाई विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

उनको सम्झनामा किराँती समुदायले ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत पूर्वी पहाडी जिल्लाहरूमा विशेष कार्यक्रमसहित फाल्गुनन्द जयन्ती मनाउने गर्छन्। राजधानी काठमाडौंमा पनि किरात समुदायले विविध सांस्कृतिक र धार्मिक कार्यक्रममार्फत उनको जन्मजयन्ती मनाउने गरेको किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।

प्रकाशित मिति : 7:28 am

फक्ताङ्लुङका सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात

ताप्लेजुङ, जेठ ३० गते । फक्ताङ्लुङ गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा आधुनिक

ज्येष्ठ नागरिकहरूको भेटघाट र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

ताप्लेजुङ, जेठ ३० गते । ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम

फुङलिङ नगरपालिकाले जेठ ३० देखि सार्वजानिक सुनुवाइ गर्ने 

सौगात विष्ट  ताप्लेजुङ, जेठ २९ गते । फुङलिङ नगरपालिकाले चालु

लागू औषध नियन्त्रण सम्बन्धी सचेतना प्रदान

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध ताप्लेजुङमा सञ्चारकर्मीको धर्ना

सौगात विष्ट ताप्लेजुङ, जेठ २८ गते । सरकारी सञ्चारमाध्यममा मात्र