महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै



काठमाडौँ । किरात धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा एक साधारण परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका अग्रदूत मानिन्छन्। समाजमा सुधार ल्याउन उनले ‘सत्य धर्म मुचुल्का’ नामक नीति विसं १९८८ वैशाख २४ गते जारी गरेका थिए, जसले किरात समाजलाई एकीकृत दिशा दिएको मानिन्छ।

तस्वीर : सन्तोष पुर्कुटी

फाल्गुनन्दको निधन विसं २००५ मा भएको थियो। किरात समाज सुधार र सांस्कृतिक जागरणमा उनले पुर्‍याएको असाधारण योगदानको सम्मानस्वरूप सरकारले उनलाई विसं २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो।

उनको सम्झनामा किराँती समुदायले ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायत पूर्वी पहाडी जिल्लाहरूमा विशेष कार्यक्रमसहित फाल्गुनन्द जयन्ती मनाउने गर्छन्। राजधानी काठमाडौंमा पनि किरात समुदायले विविध सांस्कृतिक र धार्मिक कार्यक्रममार्फत उनको जन्मजयन्ती मनाउने गरेको किरात ज्योतिष संघका अध्यक्ष चन्द्रकुमार शेर्माले जानकारी दिए।

प्रकाशित मिति : 7:28 am

फुङ्लिङमा महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइने

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङ्लिङमा राष्ट्रिय विभूति महागुरु

घरको रेलिङबाट लडेर एक जना घाइते

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा घरको

ताप्लेजुङदेखि काठमाडौंका लागि हिँडेको बस नावा खोलामा फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङ, कात्तिक १३ गते । तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको

प्रतिकूल मौसमबाट सतर्क रहन फक्ताङ्लुङको पर्यटक र नागरिकलाई आग्रह

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रतिकूल मौसमका

पाथीभरा याङ्वरकमा सम्पन्न आमन्त्रित खुला क्लबस्तरीय पुरुष फुटबलको उपाधि दरिम्बालाई

ताप्लेजुङ, कात्तिक १३ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न