प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ



काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड र प्रहरीमाथि आक्रमण भएको थियो। सो घटनामा संलग्न व्यक्तिहरुलाई सिसिटिभी फुटेज, भिडियो र तस्बिरको विश्लेषणपछि प्रहरीले पहिचान गरी नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामध्ये विर्तामोड–५ का नवराज राई, राजन चौधरी, आयूष धिमाल र पूजा मगर, कनकाईका गोपाल संग्रौला र विष्णु विक, शिवसताक्षीका कुशल तिम्सिना र सञ्जय बस्नेत, अर्जुनधाराका सुरज राई, दमकका रियाज सिलवाल, इलामका नकुल अधिकारी र पाँचथरका साजन ल्हागुन रहेका छन्।

प्रहरीका अनुसार, पक्राउ परेकामाथि अपराधिक उपद्रव र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ। उक्त घटनामा ९९ थान हतियार लुटिएकोमा अहिले सम्म ७७ थान फिर्ता भइसकेका छन् भने २२ थान अझै फिर्ता हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 6:56 am

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ