ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु



ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे अर्गानिक कृषि तथा पशुपन्छी फार्मबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । आजबाट कोशी प्रदेशका भेटेरिनरी अस्पताल तथा स्थानीय तहका पशु सेवा शाखाहरूको आयोजनामा कार्यक्रम सुरु भएको हो । 

जसमा फुङलिङ नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको समन्वय रहेको छ । कार्यक्रम आगामी मंसिर २३ गते सम्म सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो । 

गाईभैँसीमा लाग्ने सङ्क्रामक महामारी रोग खोरेत विरुद्धको खोप ताप्लेजुङका गाईभैँसी, याक तथा चौँरी गरि २६००० पशुहरूलाई दिइने लक्ष्य रहेको दाहालको भनाई छ ।

यस्तै भेटेरिनरी अस्पतालले आफ्नो नजिकका स्थानीय तह पशु सेवा शाखाहरुमा सम्पर्क गरि कृषकहरूलाई खोप लगाउन आव्हान समेत गरेको छ । पशु जन्य उत्पादन निर्यातका लागि यो खोप अनिवार्य रहेको पनि दाहालको भनाई छ ।

प्रकाशित मिति : 5:47 pm

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा

पाथीभरामा भदौमा १३ लाख ६७ हजार भेटी सङ्कलन

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा

पाथीभरा याङवरक छ विधाका खेल प्रशिक्षक नियुक्त गर्ने

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले जिल्ला