ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे अर्गानिक कृषि तथा पशुपन्छी फार्मबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । आजबाट कोशी प्रदेशका भेटेरिनरी अस्पताल तथा स्थानीय तहका पशु सेवा शाखाहरूको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
जसमा फुङलिङ नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको समन्वय रहेको छ । कार्यक्रम आगामी मंसिर २३ गते सम्म सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालले जानकारी दिनुभयो ।
गाईभैँसीमा लाग्ने सङ्क्रामक महामारी रोग खोरेत विरुद्धको खोप ताप्लेजुङका गाईभैँसी, याक तथा चौँरी गरि २६००० पशुहरूलाई दिइने लक्ष्य रहेको दाहालको भनाई छ ।
यस्तै भेटेरिनरी अस्पतालले आफ्नो नजिकका स्थानीय तह पशु सेवा शाखाहरुमा सम्पर्क गरि कृषकहरूलाई खोप लगाउन आव्हान समेत गरेको छ । पशु जन्य उत्पादन निर्यातका लागि यो खोप अनिवार्य रहेको पनि दाहालको भनाई छ ।






प्रतिक्रिया