गोरखामा माइक्रोबस दुर्घटना, चालकसहित १७ जना घाइते



काठमाडौँ। सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन्। अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घटनापछि प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका अधिकांश चितवनको खैरेनी नगरपालिकाका बसोबासी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। माइक्रोबसमा दुर्घटनाको समयमा १९ जना सवार थिए।

प्रकाशित मिति : 7:02 am

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा

गोरखामा माइक्रोबस दुर्घटना, चालकसहित १७ जना घाइते

काठमाडौँ। सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७

जेन–जी आन्दोलनपछि राजनीतिक नक्सा फेरिँदै, २४ दल दर्ताको पर्खाइमा

काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दल स्थापना गर्ने

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल