जेन–जी आन्दोलनपछि राजनीतिक नक्सा फेरिँदै, २४ दल दर्ताको पर्खाइमा



काठमाडौं । जेन–जी आन्दोलनपछि देशमा नयाँ राजनीतिक दल स्थापना गर्ने लहर तीव्र बनेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म २४ वटा नयाँ दल दर्ता स्वीकृतिको पर्खाइमा रहेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार शुक्रबारमात्रै चार नयाँ दलले दर्ताका लागि निवेदन दिएका छन्।

ती दलमा योगेन्द्र मण्डलको नेतृत्वमा ऊर्जाशील पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको राष्ट्र निर्माण पार्टी, र रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल रहेका छन्। त्यसैगरी खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल पनि दर्ता प्रक्रियामा रहेको छ, जसले ूगोलो घेराभित्र लाइक चिह्नू चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ। यसअघि नवराज सुवेदीको जनयुग पार्टी, र नेकपा ९माओवादी केन्द्र० तथा एकीकृत समाजवादीबीचको एकतापछि गठन भएको नेपाली कम्युनिस्ट पार्टी का निवेदन पनि आयोगमा पुगेका छन्।

आयोगका अनुसार हालसम्म १२५ दल दर्ता प्रमाणपत्र पाइसकेका छन् भने २४ नयाँ दलका निवेदन अध्ययनमा छन्। यीमध्ये आधाभन्दा बढी दल जेन–जी आन्दोलनपछि दर्ता प्रक्रिया अघि बढाएका हुन्। राजनीतिशास्त्री प्राध्यापक कृष्ण हाछेथुका अनुसार स्थापित दलहरूले जनताको अपेक्षा पूरा गर्न नसकेपछि युवाहरूले वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ ध्यान दिएका हुन्। निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि ऐन अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्ने बताएको छ। दलहरूले आफ्नो विधान, घोषणापत्र, लोगो, झण्डा, चुनाव चिन्ह र आर्थिक स्रोतको विवरण पेश गर्नुपर्ने प्रावधान छ। दर्ताका लागि निवेदन दिएका दलहरूले अब ८ दिनभित्र प्रमाणपत्र लिनुपर्नेछ।

आयोगले कात्तिक ३० गतेसम्मको म्याद तोकेको छ। निर्वाचन प्रयोजनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको कार्यक्रम तय गरिएको छ। समानुपातिक प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार चल्नेछ, र फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।

प्रकाशित मिति : 6:53 am

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी