ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल तथा लज व्यवस्थापन सम्बन्धी तालिम जारी रहेको छ । गत कात्तिक २० गतेबाट सुरु भएको तालिम फुङलिङ सदरमुकामस्थित होटल स्नोलियोपार्डमा जारी रहेको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले आयोजना गरेको तालिममा संरक्षण क्षेत्र भित्रका २० जना साना होटल व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । संरक्षण क्षेत्रमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र गुणस्तरीय सेवा प्रदान गरि पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उदेश्यले तालिमको प्रदान गरिएको संरक्षण क्षेत्रका कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । उहाँका अनुसार तालिममा तापेथोक तथा लेलेलप क्षेत्रका होटल व्यवसायीहरुलाई समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपी र समृद्ध पहाको आर्थिक सहयोगमा ५ दिने तालिमको आयोजना गरिएको हो । यस अघि पहिलो चरणमा २० जना व्यवसायीलाई व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको संरक्षण क्षेत्रले जनाएको छ । कार्यालयका अनुसार यसअघि कञ्चनजंघा आधार शिविर प्रस्थान गर्ने मार्गमा सञ्चालित होटलका व्यवसायीहरुलाई तालिम दिइएको छ । अब पुन तेश्रो चरणमा छुटेका व्यवसायीहरुलाई तालिम दिने योजनामा रहेको समेत बताइएको छ ।

तालिममा स्थानीय क्षेत्रमा उत्पादन हुने आलु, स्कुस लगायतको स्वादिष्ट परिकार बनाउन सिकाइएको छ । ओम साइ टेक्निकल इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम जारी रहेको छ ।

प्रकाशित मिति : 6:17 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा