ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल तथा लज व्यवस्थापन सम्बन्धी तालिम जारी रहेको छ । गत कात्तिक २० गतेबाट सुरु भएको तालिम फुङलिङ सदरमुकामस्थित होटल स्नोलियोपार्डमा जारी रहेको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले आयोजना गरेको तालिममा संरक्षण क्षेत्र भित्रका २० जना साना होटल व्यवसायीहरुलाई तालिम प्रदान गरिएको हो । संरक्षण क्षेत्रमा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज र गुणस्तरीय सेवा प्रदान गरि पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उदेश्यले तालिमको प्रदान गरिएको संरक्षण क्षेत्रका कार्यालय सचिव मनकुमार लिम्बूले बताउनुभयो । उहाँका अनुसार तालिममा तापेथोक तथा लेलेलप क्षेत्रका होटल व्यवसायीहरुलाई समावेश गरिएको छ ।

नेपाल पर्यटन बोर्ड अन्तर्गत युएनडिपी र समृद्ध पहाको आर्थिक सहयोगमा ५ दिने तालिमको आयोजना गरिएको हो । यस अघि पहिलो चरणमा २० जना व्यवसायीलाई व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरिएको संरक्षण क्षेत्रले जनाएको छ । कार्यालयका अनुसार यसअघि कञ्चनजंघा आधार शिविर प्रस्थान गर्ने मार्गमा सञ्चालित होटलका व्यवसायीहरुलाई तालिम दिइएको छ । अब पुन तेश्रो चरणमा छुटेका व्यवसायीहरुलाई तालिम दिने योजनामा रहेको समेत बताइएको छ ।

तालिममा स्थानीय क्षेत्रमा उत्पादन हुने आलु, स्कुस लगायतको स्वादिष्ट परिकार बनाउन सिकाइएको छ । ओम साइ टेक्निकल इन्स्टिच्युटको प्राबिधिक सहयोगमा तालिम जारी रहेको छ ।

प्रकाशित मिति : 6:17 pm

ताप्लेजुङमा सशस्त्र प्रहरीद्वारा विद्यालयमा शीतलहर र लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कक्षा सञ्चालन

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले बालसुबोधिनी संस्कृत

हाङ्देवा र फूरुम्बूमा भालुले गरेको क्षतिको राहतका लागि पहल गरिने

ताप्लेजुङ, पुस १२ गते । ताप्लेजुङमा भालुले पशुचौपायामा गरेको क्षतिको

प्रतिनिधिसभा निर्वाचन : नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङद्वारा बुडाक्षेत्रीको एकल नाम सिफारिस

ताप्लेजुङ, पुस ११ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने