ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 



साहारा लिम्बू
ताप्लेजुङ, कात्तिक २१ गते ।
ताप्लेजुङमा उद्यमशीलता विकास तथा व्यवसायिक योजना तयारी तालिम सम्पन्न भएको छ । एन्साव नेपालको आयोजना र सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन) को सहकार्यमा गत कात्तिक १८ गते सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।

जिल्लाका १८ जना उद्यमीहरूलाई तालिम प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा कृषि, दुग्ध डेरी, जडीबुटी, नेपाली कागज र कोसेली घर सँग आवद्ध भएका उद्यमीहरूको उपस्थित रहेको थियो ।  

तालिममा वन पैदावारमा आधारित उद्यम विषेश गरि किबी उत्पादनमा जोड दिइएको थियो । यस्तै गरि जिल्लामा विभिन्न प्रकारका १५ जडीबुटी रहेको र यसको सङ्कलन, व्यवस्थापन सँगै बिक्री सम्बन्धी पनि क्षमता अभिवृद्धि गरिएको छ ।  

यो सँगै जिल्लामा उत्पादन भएको किबी, नेपाली कागज र जडीबुटीहरुलाई अन्य सहरमा सप्लायर्स साथै अन्तराष्ट्रिय मार्केटमा प्रमाणीकरण गर्ने बारे पनि जानकारी गराइएको छ । तालिममा सहभागी उद्यमी विष्णु श्रेष्ठले आफूले उत्पादन गरेको बस्तुको बिजनेस गेमको बारे जानकारी प्राप्त हुनुका साथै बजारमा लैजान यो तालिमले ठुलो सहयोग प्रदान गरेको बताउनुभयो । 

तालिममा चण्डिका आमगाइँ लगायतले सहजीकरण गर्नुभएको थियो भने तालिम फुङ्लिङ बजारस्थित होटल प्यारिजको सभाहलमा सञ्चालन भएको थियो । 

प्रकाशित मिति : 7:32 pm

ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर तालिम सुरु

ताप्लेजुङ, पुस ५ गते । ताप्लेजुङमा दृष्टिविहीनका लागि आधारभूत कम्प्युटर

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा