पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने



ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने भएको छ । आगामी पोष १५ गते देखि १९ गते सम्म मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने भएको हो । 

स्थानीय स्तरमा उत्पादित प्रमुख नगदे बाली अलैँचीको प्रवर्द्धन साथै विश्वमा छरिएर रहनु भएका लिम्बू जातिको शिर उठाउने ठाउँ ‘नाहाङ्मा–यक’ र गडीडाँडाको संरक्षण तथा प्रचार प्रसारका लागि गोल्ड कपको आयोजना गर्न लागिएको क्लबका संरक्षक विकास साम्रा रविनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रथम मानाभारा गोल्ड कप अन्तरगत अन्तर क्लब स्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने छ । 

खेजेनिमको आहाले टारमा सञ्चालन हुने प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहने छ । जसमा एक टिम भने जिल्ला बाहीरको रहने क्लबका सचिव मौसम अन्छङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक टिम मानाभारा युथ स्पोर्टिङ क्लब सँगै सिँवा स्पोर्टिङ क्लब लिङखिम, माछापोखरी हिटी क्लब चाँगे, नव प्रयास युनाईटेड क्लब हाङ्देवा, प्रगतिशील युवा क्लब लिङ्तेप, लालीगुराँस स्पोर्टिङ क्लब सुरुमखिम र जनसेवा स्पोर्टिङ क्लब ढुङगेसाँघुको सहभागीता रहने छ । 

जिल्ला बाहिरका एक टिमको भने टुङ्गो लाग्न बाँकी रहेको अन्छङ्बोको भनाई छ । प्रतियोगिताको विजेताले नगद ३ लाख २ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै उपविजेतालाई नगद १ लाख ५२ हजार ८२ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको छ । 

 साथै विभिन्न विधामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 
 

प्रकाशित मिति : 6:03 pm

सदिङ्वा गाउँपालिकाको बजेट ५३ करोड ८ लाख बढी 

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक

पत्रकारद्वय पन्दाक र अधिकारी सम्मानित

ताप्लेजुङ, असार ८ गते । ताप्लेजुङका पत्रकारद्वय चन्द्रबहादुर पन्दाक (प्रयास)

आठराई त्रिवेणीले बढायो बजेट सिलिङ, मैवाखोलामा सबै वडालाई समान

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङका दुई स्थानीय तहले आगामी

 भौगोलिक क्षेत्रभित्र रहेका जग्गाधनीलाई विवरण सच्याउन पाथीभरा याङवरकको आग्रह 

सौगात विष्ट  ताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले

पाथीभरा याङवरकद्धारा वैदेशिक रोजगारीबाट फर्किएकालाई वेल्डिङ मेसिन 

सौगत विष्टताप्लेजुङ, असार ४ गते । पाथीभरा याङवरक गाउँपालिकाले वैदेशिक