जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 



ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको अभियान सुरु गरेको छ । शुक्रबार ताप्लेजुङबाट पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म जेनजी एकता अभियान सुरु गरेको हो । 

“यदि जेनजी एक भएन भने सहिदका आत्महरु सधैँ भौतारी रहनेछन्, घाइते हृदयहरु कहिल्यै निको हुने छैनन्, र नेपाल आमाका आँसुहरू कहिल्यै सुक्ने छैनन्” भन्ने नाराका साथ सुरु भएको एकता अभियान महाकाली पुगेर रोकिने युनाइटेडले जनाएको छ । 

अभियान उद्देश्य एउटै एकता रहेको उहाँहरूको भनाई छ । अहिले जेनजीहरु विभाजित भइरहेको अवस्थामा यो एकताको अभियान सञ्चालन गर्न अति आवश्यक रहेको बताइएको छ । एकता अभियान फुङलिङ नगरपालिका वडा नं. ६ कभर्ड हलबाट र्‍यालीका साथ सुरु भई तोक्मे पुगी फेरी फर्की विरेन्द्र चोकमा कोण सभामा परिणत भएको थियो । 

कोण सभामा विभिन्न सांस्कृतिक कार्यक्रम साथै नाटक देखाइएको थियो । साथै अभियानको बारे पनि जानकारी गराइएको थियो । 

प्रकाशित मिति : 6:59 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा