निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु




रेडियो काबेली
ताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम बुधबारबाट सुरु भएको छ । फुङलिङ नगरपालिका ताप्लेजुङको आयोजना तथा घुन्सा फाउण्डेसन काठमाडौंको प्राविधिक सहयोगमा निशुल्क अन्लाईन कक्षा सम्बन्धि तालिम सुरु भएको हो ।
अभिमुखिकरण कार्यत्रम अन्तरगत पहिलो दिन नगरपालिका भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि भानुजन माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा भानुजन मावि, फुङलिङ, बाल सुबोधनि संस्कृत विद्यालय मेदिबुङ, युवा वर्ष मावि, कैजले, जनता मावि हाङदेवा, सिम्भु मावि फावाखोला, मयम मावि फुरुम्बु, सिद्धकाली मावि दोखु र बिरेन्द्र मावि देवलिङ्गे गरी आठ वटा सामुदायिक विद्यालयका कक्षा १० मा अध्ययनरत करिब ३ सय जना विधार्थीको सहभागिता रहेको थियो ।

सामुदायिक,संस्थागत र परम्परागत विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका लागि एसईईमा कसरी उच्च अङ्क ल्याउन सकिन्छ भनेर कार्यक्रम गरिएको घुन्सा फाउण्डेसनकी संस्थापक याङजोङ शेर्पाले बताउनुभयो । साथै उहाँले आफ्नो जिवनी सुनाउदै विधार्थीहरुलाई राम्रोसँग अध्ययन गरी उच्च अङ्क ल्याउन प्रेरणा प्रदान गर्नुभयो ।


त्यसै गरि फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले आफ्नो कार्यकालमा नगरपालिका भित्रका विद्यार्थीहरुका लागि एम।वि।वि।एस चिकित्सक, हाईड्रो ईन्जिनियर, भेटनरि चिकित्सक र आईटि ईन्जिनियर लगायतका विषयहरु अध्ययनका लागि बजेट विनियोजन गरिएको जानकारि गराउँदै आगामि दिनहरुमा पनि शिक्षा क्षेत्रको विकासका लागि आफु लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा एम्बिसन गुरु एप्सबाट कसरी निशुल्क कक्षा लिने भन्ने बारेमा समेत जानकारी गराईएको थियो । यस अघि नगरप्रमुखको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले एम्बिसन गुरु एप्स मार्फत निशुल्क अनलाईन कक्षा सञ्चालन तथा सहभागिताका लागि निर्णय गरिएको थियो । त्यसैगरि भोलि (बिहिबार) संस्थागत र परम्परागत विद्यालयका विद्यार्थीहरुका लागि उद्योग वाणिज्य संघ ताप्लेजुङको सभाहलमा बिहान १० वजेबाट अभिमुखिकरण कार्यक्रम हुनेछ । एस्बिसन गुरु एप्सले निशुल्क रुपमा एसईईको लागि अन्लाईन कक्षा सञ्चालन गरिरहको छ ।

प्रकाशित मिति : 9:35 pm

आईटी एकेडेमीबाट दीक्षित भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र 

 ताप्लेजुङ, चैत १९ गते । ताप्लेजुङमा रहेको एक मात्र आईटी

मेरिङ्देन गाउँपालिकाले स्नातक तह अध्ययन गर्ने विद्यार्थीको शुल्क तिरिदिने 

ताप्लेजुङ, चैत १८ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उच्च शिक्षा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

ताप्लेजुङ, चैत १४ गते । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र