ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता



ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गाराका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा २ सय ४४ जनाले नाम दर्ता गराएका हुन् । 

नाम दर्ता गर्नेमा १ सय ३४ पुरुष र १ सय १० महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् । 

यस्तै ८९ जनाले ठाउँ सारी गरेकोमा ११ जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सार्ने रहेका छन् भने बाँकी ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन् ।

साथै जिल्लामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारिस कात्तिक मसान्त अगावै हुने भएको छ । कात्तिक २७ वा २८ गते बैठक बसी मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने विषयमा निर्वाचन आयोगमा सिफारिस गर्ने भएको हो । 

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको जिल्ला स्तरीय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल तथा केन्द्र थपका लागि प्राप्त हुन आएका वडागत सिफारिसहरुको प्रारम्भिक अध्ययन गर्दै मतदानस्थल तथा केन्द्र थपका लागि आयोगले तयार परेको अनुसूची अनुसारका विवरण पूर्ण बनाई सिफारिस गर्न वडा स्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । 

निमित्त निर्वाचन अधिकारी दुलालका अनुसार हालसम्म मैवाखोला गाउँपालिकाको ६ नं. वडा, फक्ताङलुङ गाउँपालिकाको २ र ६ नं. वडा, आठराई त्रिबेणी गाउँपालिकाको २ नं. वडा र मिक्वाखोला गाउँपालिकाको ४ नं. वडाबाट सिफारिस प्राप्त हुन आएका छन् । 

प्राप्त हुन आएका सिफारिसहरु मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने प्रकृयाका लागि निर्वाचन आयोगले तयार गरेको अनुसूची अनुसारको पूर्ण विवरणमा आधारित भएर आएका छन् या छैनन् भन्ने बारेमा अध्ययन भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 6:59 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा