ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 



ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी नागरिक घाइते हुनुभएको छ । फक्ताङलुङ गाउँपालिका–६ मा चरिरहेको चौँरीले आक्रमण गर्दा विदेशी नागरिक घाइते हुनुभएको हो । 

फलेबाट घुन्सातर्फ जाने क्रममा चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँ कञ्चनजङ्घा क्षेत्रको भ्रमणका लागि ताप्लेजुङ आउनुभएको थियो । अहिले उहाँको घुन्सास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

 उहाँलाई हेलिकोप्टरबाट थप उपचारका लागि लैजाने तयारी गरिएको र हेलिकोप्टर आज आउने प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : 6:32 am

विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण

सौगात विष्टताप्लेजुङ, कात्तिक १७ गते । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी