पाँचौ मेरिङदेन कप फुटबल प्रतियोगिता कार्तिक ७ गतेदेखी हुने



रेडियो काबेली
ताप्लेजुङ ।
दिपावलीको अवसरमा पाँचौ मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिता हुनेभएको छ । पृथ्वि तथा लेस्नमाया स्मृती युवा क्लब खाम्लुङको आयोजनामा अन्तर जिल्ला स्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप कार्तिक ७ गतेदेखी हुनेभएको हो । प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुजन साम्याङखामले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजक पृथ्वी तथा लेस्न माया स्मृती युवा क्बल सहित मानाभारा युवा क्लब खेजेनिम, गणेश चोक टिम पाँचथर र साथीभाई युवा क्लबको सहभागिता रहनेछ । त्यस्तै मेरिङदेन युवा क्बल, जनसेवा आर्दश स्पोर्टिङ ढुङ्गेसाँघु, नवज्योति युवा क्लब सान्थाक्रा, तेल्लोक स्पोर्टिङ युवा क्लब, जिरीखिम्ति युवा क्लब तेह्रथुम र सनराईर्जस क्बल साँघुले प्रतियोगितामा भाग लिनेछन् । जसमा आमन्त्रित क्लबको रुपमा पाँचथर र तेह्रथुमका टिम रहने छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १ सय ८२ रुपैँया र द्धितिय हुने टिमले नगद ८१ हजार १ सय ८२ रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट फर्वाडर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, बेस्ट किप्परलाई पनि पुरस्कार उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्तिक ७ गतेबाट सुरु हुने प्रतियोगिता कार्तिक १२ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 11:36 am

पाथीभरा याङवरक गाउँपालिकाद्धारा गोलिया काठ निकसिमा रोक

सौगात विष्टताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले

ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनमा

ताप्लेजुङ, जेठ ६ गते । लामो समयदेखि कर्मचारी अभावका कारण

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम 

ताप्लेजुङ, जेठ ६ गते । प्रसिद्ध शक्ति पीठ पाथीभरा मन्दिर

ओझागाउँ आधारभूत विद्यालयको नयाँ भवन उद्‌घाटन

सौगात विष्टताप्लेजुङ, जेठ ५ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित

फुङ्लिङ–याम्फुदिन–कञ्चनजङ्घा बेस क्याम्प सडक कालोपत्रे कार्यको शिलान्यास

ताप्लेजुङ, जेठ ४ गते । ताप्लेजुङको फुङ्लिङ (तोक्मेडाँडा)–दोखु–कामीडाँडा–थेचम्बु–चाक्सिबोटे–खाम्देम्बे–तेल्लोक–याम्फुदिन हुँदै कञ्चनजङ्घा