मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो



रेडियो काबेली
ताप्लेजुङ ।
मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढेको छ । केन्द्रीय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले स्थायी पुनस्र्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै प्रक्रिया अघि बढेको हो ।

२०८० साल असार ३ गते राती आएको भिषण वर्षासँगै गएको पहिरोले विस्थापित भएका पालिकाको वडा नं. ४ र ३ मा रहेका ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ परिवारलाई पालिकाको वडा नम्बर ३ को साँघुमा स्थानान्तरण गर्ने समितीले निर्णय गरेको हो ।
यसअघि साँघुमा निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी रुपमा व्यवस्थापन गरिएका ६५ परिवारलाई अब स्थायी पुर्नबासका लागि बाटो खुल्ला भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार अब चाँडै जग्गा खरिद र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित आवास निर्माण कार्य अघि बढाईनेछ । उक्त परियोजना मैवाखोलाको नमुना परियोजना हुने भएकोले केहि समय लाग्ने भएकोले धैर्यता गर्न अध्यक्ष वनेमले आग्रह गर्नुभयो ।

गाउँपालिकाले निरन्तर मेहेनत गरेर स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढाइरहेको थियो । सोही क्रममा यस अघि पालिकाले भुर्गभविद् सहितको विज्ञ टोलीको स्थलगत रुपमा अध्ययन सहितको प्रतिवेदन राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको थियो ।

प्रकाशित मिति : 11:01 am

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक