मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढ्यो



रेडियो काबेली
ताप्लेजुङ ।
मैवाखोला गाउँपालिकाका पहिरो पिडीतलाई स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढेको छ । केन्द्रीय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले स्थायी पुनस्र्थापनाको प्रक्रियालाई स्वीकृत गरेसँगै प्रक्रिया अघि बढेको हो ।

२०८० साल असार ३ गते राती आएको भिषण वर्षासँगै गएको पहिरोले विस्थापित भएका पालिकाको वडा नं. ४ र ३ मा रहेका ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ परिवारलाई पालिकाको वडा नम्बर ३ को साँघुमा स्थानान्तरण गर्ने समितीले निर्णय गरेको हो ।
यसअघि साँघुमा निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी रुपमा व्यवस्थापन गरिएका ६५ परिवारलाई अब स्थायी पुर्नबासका लागि बाटो खुल्ला भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार अब चाँडै जग्गा खरिद र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहित आवास निर्माण कार्य अघि बढाईनेछ । उक्त परियोजना मैवाखोलाको नमुना परियोजना हुने भएकोले केहि समय लाग्ने भएकोले धैर्यता गर्न अध्यक्ष वनेमले आग्रह गर्नुभयो ।

गाउँपालिकाले निरन्तर मेहेनत गरेर स्थायी पुनस्र्थापनाको प्रक्रिया अघि बढाइरहेको थियो । सोही क्रममा यस अघि पालिकाले भुर्गभविद् सहितको विज्ञ टोलीको स्थलगत रुपमा अध्ययन सहितको प्रतिवेदन राष्ट्रीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएको थियो ।

प्रकाशित मिति : 11:01 am

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते