ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार फुङलिङ नगरपालिका वडा नं.८ मा रहेको स्वास्थ्य चौकीलाई मेडिकल फ्रिज, इलेक्ट्रोसिटि ब्याकप, अटोस्कोप, ह्वील चियर, मेडिकल बेड, मेडिसिन ¥याक र मेडिकल ट्रली लगायतका ५ लाख रुपैँया बराबरका सामाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो ।

उक्त सामाग्री नेपाल मेडिकल सपोट जर्मनकी अध्यक्ष उर्सुला मारिया युगेनीको प्रमुख आतिथ्यता एवं फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेन र उप–प्रमुख भिमादेवी ओझाको उपस्थितीमा हस्तान्तरण गरिएको हो । स्वास्थ्य चौकीको भवन साँघुरो रहेकोले निर्माणाधीन भवनको काम छोडेर ठेक्केदार भागेका कारण अलपत्र रहेको र यस्लाई निर्माण गरिनु पर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याए ।

उक्त भवन निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख रुपैँया बजेट विनियोजन गरिएको नगर प्रमुख मादेन बताउनुभयो । साथै उक्त भवनको निरीक्षण गर्दै नेपाल मेडिकल सपोट जर्मनीकी अध्यक्ष उर्सुला मारिया युगेनीले सम्भव भएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै मञ्चले नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा नै जिल्लाको सिकैचा, खेवाङ र सिनाममा पनि १० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने मञ्चका अध्यक्ष प्रसाईले जानकारी दिनुभयो । ताप्लेजुङ विकास मञ्चले शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आई रहेको छ ।

प्रकाशित मिति : 8:21 pm

सिदिङ्वा गाउँपालिका–२ सादेवाको सार्वजनिक सुनुवाइ आज 

ताप्लेजुङ, असार २७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आज चालु

अनुमति बिना ड्रोन नउडाउन आग्रह

ताप्लेजुङ, असार २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले कानुनी

रास्वपा ताप्लेजुङद्वारा प्रवक्ताको जिम्मेवारी पौडेललाई

ताप्लेजुङ, असार २६ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला

लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीलाई सम्मान

ताप्लेजुङ, असार २५ गते । लिटल बुद्ध इंङ्गलिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित