रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु



ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम ९डीसीओपी० सुरु भएको छ । तालिम नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा सुरु भएको हो । 

पूर्वी पृतनाको कार्यक्षेत्र अन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लाका २३ जना सञ्चारकर्मीहरूलाई अभिमुखीकरण तालिम दिइएको हो । बिहीबारसम्म जारी रहने तालिममा नेपाली सेनाको सङ्गठनात्मक स्वरुप, जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद प्रतिकार्य र समसामयिक विषयहरूमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन हुने जनाइएको छ ।

कार्यक्रममा विपद्प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया समेत सञ्चालन गरिने जानकारी दिइएको छ । यस्ता कार्यक्रमबाट सञ्चारजगत् तथा नागरिक सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने तालिममा सहभागी सञ्चारकर्मीले अपेक्षा गरेका छन् ।

कार्यक्रमको उद्‌घाटन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

तालिमको उद्‌घाटन सत्रमा सहभागी अतिथि तथा सञ्चारकर्मीहरू ।

तस्विर सौजन्य : नेपाली सेना

प्रकाशित मिति : 9:23 pm

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

प्रथम माघेमेला गोल्ड कप : सावादिन र धनकुटा सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ माघ २ गते । माघे सक्रान्तिको अवसरमा ताप्लेजुङको सिंवामा

पत्रकार लामगादेद्वारा जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

ताप्लेजुङ, माघ २ गते ।  ताप्लेजुङको पत्रकार तथा रेडियो तमोरका

ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

ताप्लेजुङ, माघ २ गते । ताप्लेजुङमा आगामी फागुन २१ गते