सौगात विष्ट
ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी प्राइभेट लिमिटेडलाई सडक मर्मत गरिदिन आग्रह गरेको छ । गत असोज १८ र १९ को वर्षाका कारण नगरपालिकाबाट शेर्पा टोल हाङदेवा फुरुम्बु हुँदै तमोर करिडोर मित्लुङ जोड्ने सडक बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरिदिन आग्रह गरेको हो ।
चाडपर्वलाई लक्षित गर्दै तिहार अगावै सडक सञ्चालन हुने गरि मर्मत गरिदिन आग्रह गरिएको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले गर्नुभएको छ । यस्तै सोही अवरुद्ध सडक खुलाउन माग गर्दै फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्षको टोली समेत बुधबार नगरपालिका पुगेको थियो ।
बाढी पहिरोका कारण अवरुद्ध भएको सडकमा यातायात सञ्चालन गर्न कठिन भएकाले यात्रुले सास्ती भोग्नुपरेको छ ।
प्रतिक्रिया