सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला



ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नु भएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नु भएको हो ।

विहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बुले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो ।

मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12:00 pm

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ