माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान



ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा तालबाट माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान गरिएको हो ।

ताप्लेजुङको पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तिलकुमार मेन्याङबोको उपस्थितिमा चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा तालबाट भ्रमण दशकको आह्वान गरिएको ताप्लेजुङ टुरिजम प्रोमोसन सेन्टरका सञ्चालक तथा पर्यटन अभियन्ता हेमराज निरौलाले बताउँनुभयो ।

उहाँका अनुसार जिल्लाको माथिल्लो भेगमा पर्यटकको सम्भावना बोकेका धेरै स्थानहरू भएका कारण यो आह्वानले धेरै टेवा पुग्ने विश्वास लिइएको छ । उहाँले भन्नुभयो, “ताप्लेजुङका प्राय सबै गन्तव्य पुगिसकेको छु, पर्यटकको धेरै सम्भावना बोकेका स्थानहरू छन्, र यसको प्रचार प्रसार गर्न आवश्यक छ ।”

आगामी दिनमा अझ फरक ढङ्गले पर्यटन प्रचारमा लाग्ने निरौलाको भनाइ छ । पछिल्लो समय सिङ्जेमा ताल पर्यटकको रोजाइ बन्न थालेको छ । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरूको बाक्लो उपस्थित हुन थालेको फक्ताङलुङ गाउँपालिकका–७ का वडा अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

सिङ्जेमा ताल सँगै सोही वडामा रहेको साम्दो पोखरी, जिल्लाको सिदिङ्वा गाउँपालिकामा रहेको तिम्बुङ् पोखरी, ढङ्ढङगे झरना, मिक्वाखोला गाउँपालिकामा रहेको लोदेन क्षेत्र, सोदुपोखरी, फुङफुङगे झरना लगायतका स्थानमा पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : 7:00 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन