माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान



ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान गरिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ सिङ्जेमा तालबाट माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान गरिएको हो ।

ताप्लेजुङको पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तिलकुमार मेन्याङबोको उपस्थितिमा चार हजार ७०० मिटरको उचाइमा अवस्थित सिङ्जेमा तालबाट भ्रमण दशकको आह्वान गरिएको ताप्लेजुङ टुरिजम प्रोमोसन सेन्टरका सञ्चालक तथा पर्यटन अभियन्ता हेमराज निरौलाले बताउँनुभयो ।

उहाँका अनुसार जिल्लाको माथिल्लो भेगमा पर्यटकको सम्भावना बोकेका धेरै स्थानहरू भएका कारण यो आह्वानले धेरै टेवा पुग्ने विश्वास लिइएको छ । उहाँले भन्नुभयो, “ताप्लेजुङका प्राय सबै गन्तव्य पुगिसकेको छु, पर्यटकको धेरै सम्भावना बोकेका स्थानहरू छन्, र यसको प्रचार प्रसार गर्न आवश्यक छ ।”

आगामी दिनमा अझ फरक ढङ्गले पर्यटन प्रचारमा लाग्ने निरौलाको भनाइ छ । पछिल्लो समय सिङ्जेमा ताल पर्यटकको रोजाइ बन्न थालेको छ । यहाँ आन्तरिक तथा वाह्य पर्यटकहरूको बाक्लो उपस्थित हुन थालेको फक्ताङलुङ गाउँपालिकका–७ का वडा अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

सिङ्जेमा ताल सँगै सोही वडामा रहेको साम्दो पोखरी, जिल्लाको सिदिङ्वा गाउँपालिकामा रहेको तिम्बुङ् पोखरी, ढङ्ढङगे झरना, मिक्वाखोला गाउँपालिकामा रहेको लोदेन क्षेत्र, सोदुपोखरी, फुङफुङगे झरना लगायतका स्थानमा पर्यटकहरूको सङ्ख्या बढ्न थालेको छ ।

प्रकाशित मिति : 7:00 pm

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले