तमोर कोरिडोर दुर्घटनामा मेरिङदेनकै चार जनाको मृत्यु, यातायात खर्च मेरिङदेनले बेहोर्ने



ताप्लेजुङ, असोज १९ गते । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाको रहेका छन् । यो सँगे मेरिङदेन गाउँपालिका नै शोकमा परेको छ ।

मृत्यु हुने ६ जना मध्ये ४ जनामा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका बिनोद लङवा, मेरिङदेन–४ लिङ्तेपका गिता हाङगाम, मेरिङदेन–५ थुकिमाका अबिसेक लिम्बू र मेरिङदेन–५ थुकिमाकै धनकुमार लिम्बू रहेको प्रहरीको मेरिङदेन गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम डम्बरले बताउनुभयो । यस्तै मृत्यु हुने अन्य दुई जनामा मोरङको उर्लाबारी नगरपालिका–८ की मनिषा कार्की, सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ रहनुएको छ ।

यो सँगै मेरिङदेन गाउँपालिकाले सम्पूर्ण मृतकलाई आ–आफ्नो घर सम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने भएको छ । गाउँपालिका अध्यक्ष हाङ्गामले भन्नु भयो, ‘अहिले मेरिङदेन गाउँपालिका नै शोकमा डुबेको छ । यो अवस्थामा पालिकाले सम्पूर्ण मृतकहरूको शवलाई आ आफ्नो घर सम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने निर्णय गरेको छ ।’

अध्यक्ष हाङ्गामका अनुसार घाइते हुने ६ जना मध्ये २ जना मेरिङदेन गाउँपालिकाकै रहेका छन् । २२ वर्षका महेश केदेम लिम्बू र २५ वर्षीय बिमल लिम्बू मेरिङदेन–५ थुकिमाकै रहेका अध्यक्ष हाङ्गामले बताउनुभयो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:43 am

अन्तराष्ट्रिय आमन्त्रण आमन्त्रण सिरिजङ्गा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २८ गते । अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्ड कप

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा