तमोर कोरिडोर दुर्घटनामा मेरिङदेनकै चार जनाको मृत्यु, यातायात खर्च मेरिङदेनले बेहोर्ने



ताप्लेजुङ, असोज १९ गते । तमोर कोरिडोरअन्तर्गत कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये ४ जना मेरिङदेन गाउँपालिकाको रहेका छन् । यो सँगे मेरिङदेन गाउँपालिका नै शोकमा परेको छ ।

मृत्यु हुने ६ जना मध्ये ४ जनामा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका बिनोद लङवा, मेरिङदेन–४ लिङ्तेपका गिता हाङगाम, मेरिङदेन–५ थुकिमाका अबिसेक लिम्बू र मेरिङदेन–५ थुकिमाकै धनकुमार लिम्बू रहेको प्रहरीको मेरिङदेन गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गाम डम्बरले बताउनुभयो । यस्तै मृत्यु हुने अन्य दुई जनामा मोरङको उर्लाबारी नगरपालिका–८ की मनिषा कार्की, सिदिङवा गाउँपालिकाकी २९ वर्षीया युना तामाङ रहनुएको छ ।

यो सँगै मेरिङदेन गाउँपालिकाले सम्पूर्ण मृतकलाई आ–आफ्नो घर सम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने भएको छ । गाउँपालिका अध्यक्ष हाङ्गामले भन्नु भयो, ‘अहिले मेरिङदेन गाउँपालिका नै शोकमा डुबेको छ । यो अवस्थामा पालिकाले सम्पूर्ण मृतकहरूको शवलाई आ आफ्नो घर सम्म ल्याउनका लागि यातायात बापतको खर्च बेहोर्ने निर्णय गरेको छ ।’

अध्यक्ष हाङ्गामका अनुसार घाइते हुने ६ जना मध्ये २ जना मेरिङदेन गाउँपालिकाकै रहेका छन् । २२ वर्षका महेश केदेम लिम्बू र २५ वर्षीय बिमल लिम्बू मेरिङदेन–५ थुकिमाकै रहेका अध्यक्ष हाङ्गामले बताउनुभयो ।

जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 11:43 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ