मेरिङदेनले बिदामा प्रसूति सेवा प्रदान गर्ने



ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्ने भएको छ । दशैं अवधिको सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने भएको हो ।

गाउँपालिकाले ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरूमार्फत सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक तथा प्रसूति सेवा सञ्चालन गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयमान लङ्वाले बताउनुभयो । उहाँका अनुसार असोज १३ देखि १८ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा छ ।

उक्त अवधिमा पनि आकस्मिक तथा प्रसूति सेवा साविकझैँ सञ्चालनमा रहने भएको छ । गाउँपालिकाले दशैं अवधि सुरु भइसकेकाले असोज महिनाका लागि सञ्चालन हुने नियमित खोप असोज महिनाका लागि स्थगित गरेको छ । मेरिङदेन गाउँपालिकामा हरेक महिनाको ११ देखि १४ गतेसम्म नियमित खोप सञ्चालन हुँदैआएको थियो ।

प्रकाशित मिति : 6:45 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा