पाथीभरा मन्दीर (मुक्कुमलुङ) मा दर्शनार्थीको सङ्ख्या बढ्न थाल्यो 



ताप्लेजुङ, असोज ११ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दीर (मुक्कुमलुङ) मा सिजन लागे सँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ । नवरात्रको समय सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लो हुँदै गएको हो । 

आज एकै दिन दुई हजार २२६ जना दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका छन् । हिजो शुक्रबार एक हजार २६७ जना भक्तजन पाथीभरा मन्दिर पुगेका थिए । यस्तै विहीबार ७०८ जना दर्शनार्थीले पाथिभरा मन्दिरमा पुगी पुजा गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाले जानकारी दिनुभयो । 

यता तीर्थयात्रीहरूको सहजताका लागि तयारी तिव्र बनाइएको कार्यकारी निर्देशक हाङ्बाले बताउनुभयो । उहाँका अनुसार दर्शनार्थीहर लाई मन्दिर क्षेत्रका बारेमा जानकारी सहित यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्ले पाटी, ठूलो फेदी र मन्दिरसम्म नै यात्रु साहयता कक्ष स्थापना गरिएको छ । 

सिजनको समयमा पाथीभरा मन्दिरमा एकै दिन दश हजार सम्म दर्शनार्थी आउने गरेका छन् ।

प्रकाशित मिति : 5:50 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि