पाथीभरा मन्दीर (मुक्कुमलुङ) मा दर्शनार्थीको सङ्ख्या बढ्न थाल्यो 



ताप्लेजुङ, असोज ११ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दीर (मुक्कुमलुङ) मा सिजन लागे सँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ । नवरात्रको समय सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको उपस्थिति बाक्लो हुँदै गएको हो । 

आज एकै दिन दुई हजार २२६ जना दर्शनार्थीले पाथिभरा मन्दिरको दर्शन गरेका छन् । हिजो शुक्रबार एक हजार २६७ जना भक्तजन पाथीभरा मन्दिर पुगेका थिए । यस्तै विहीबार ७०८ जना दर्शनार्थीले पाथिभरा मन्दिरमा पुगी पुजा गरेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाले जानकारी दिनुभयो । 

यता तीर्थयात्रीहरूको सहजताका लागि तयारी तिव्र बनाइएको कार्यकारी निर्देशक हाङ्बाले बताउनुभयो । उहाँका अनुसार दर्शनार्थीहर लाई मन्दिर क्षेत्रका बारेमा जानकारी सहित यात्रा सहजताका लागि तोक्मेडाँडा, नयाँ बसपार्क, सुकेटार, काफ्ले पाटी, ठूलो फेदी र मन्दिरसम्म नै यात्रु साहयता कक्ष स्थापना गरिएको छ । 

सिजनको समयमा पाथीभरा मन्दिरमा एकै दिन दश हजार सम्म दर्शनार्थी आउने गरेका छन् ।

प्रकाशित मिति : 5:50 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ