दुई महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान सुरु



ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारबाट उडान सुरु भएको हो ।

वर्षायामको समय सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलिप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । मौसममा सुधार आएकाले शुक्रबारदेखि उडान सुरु भएको उहाँको भनाइ छ ।

ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र अवतरण हुने भएकाले अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटकपटक उडानहरू अवरुद्ध हुँदा जिल्लावासीहरू मारमा पर्ने गर्ने गरेका छन् ।

दुई महिनापछि शुक्रबार भएको पहिलो उडानमा काठमाडौँबाट १४ जना यात्रु आएको निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ताप्लेजुङबाट भने नौ जना यात्रु काठमाडौँ प्रस्थान गरेका छन् । हाल साताको एक दिन मात्र उडान तालिका रहेको र अब यात्रुको चाप तथा मौसमको अवस्था हेरेर तालिका थप गर्ने योजनामा रहेको बताइएको छ । लामो समयसम्म उडान नहुँदा जिल्लावासीले लामोदूरीको सडक मार्फत यात्रा गर्न बाध्य भएका थिए ।

काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हाल नौ हजार २४५ रुपियाँ भाडादर कायम रहेको ताप्लेजुङ स्टेसनले जनाएको छ ।

प्रकाशित मिति : 10:30 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ