मेरिङदेन गाउँपालिकाले सुरु गर्‍यो सडक मर्मतको कार्य, दशैं अघि सम्पन्न गर्ने



साहारा लिम्बू 
ताप्लेजुङ, असोज ८ गते ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सडक मर्मत कार्य सुरु गरेको छ । गाउँपालिकाले अविरल वर्षाको कारण हिलाम्मे भएको सडक मर्मत कार्य सुरु गरेको हो । 

दशैं अघि नै सम्पन्न हुने गरि सडक निर्माणको कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष युक हाङ विर हाङगाम (डम्बर)ले जानकारी दिनुभयो । उहाँका अनुसार चाड पर्व मनाउन घर आउनुहुने नागरिकहरूलाई सहज होस भन्ने उद्देश्य सँगै वर्षाका कारण क्षति पुगेका सडक निर्माण कार्य सुरु गरिएको हो । 

गाउँपालिका भित्रको साक्फारा सडक अन्तरगत सान्थाक्रा–खाम्लुङ–लिङ्तेप–थुकिमा हुँदै नाल्बु जोडने र गाउँपालिका देखि  खाम्साक्पा–लाक्चुङ–गुराँसे पोखरी जाने सडक मर्मतको कार्य सुरु गरिएको छ । सडक निर्माण कार्य पाँचवटा हाइड्रोपावरको सहयोगमा सुरु गरिएको हो । जसमा युनाइटेड मेवाखोला हाइड्रोपावर, मेवा डेप्लोपर्स हाइड्रोपावर, मेवाखोला हाइड्रोपावर, पालुङ्खोला हाइड्रोपावर, युनियन मेवा हाइड्रोपावर र अप्पर मेवा हाइड्रोपावर रहेका छन् । 

सडक निर्माणका लागि आवश्यक मेसिन र तेल उक्त हाइड्रोपावरहरुले उपलब्ध गराएको अध्यक्ष हाङगामले बताउनुभयो । सडक निर्माण कार्य सम्पन्न गर्नका लागि अनुमानित ८ देखि ९ लाख रुपियाँसम्म लागत लाग्ने गाउँपालिकाले जनाएको छ । बाँकी सडकहरूको मर्मत कार्य यी मुख्य सडकहरू सम्पन्न पछि क्रमश गरिनेछ गाउँपालिका अध्यक्ष हाङगामको भनाई छ ।
 

प्रकाशित मिति : 6:58 am

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा