पाथीभरा मन्दिरमा घण्टी आकारको संरचना निर्माण



ताप्लेजुङ, असोज ८ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टीहरूबाट घण्टी आकारको संरचना निर्माण गरिएको छ । करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टी आकारको संरचना निर्माण गरिएको हो ।

उक्त संरचना पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वार नजिकै निर्माण गरिएको छ । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ। करिब १० लाख रुपियाँको लागतमा घन्टीको संरचना निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताउनुभयो ।

संरचना नियान्स निर्माण सेवाले तयार गरेको हो । संरचना भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गर्ने निर्देशक हाम्बाङको भनाइ छ । यस अघि पनि मन्दिर पुग्न करिब ५०० मिटर तल घण्टीको गेटसमेत निर्माण गरिएको छ । मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस्ता संरचनाहरू निर्माण गरिँदै आएको निर्देशक हाम्बाङले बताउनुभयो ।

गत आर्थिक वर्षमा पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले १६ हजार किलो तौलका पुराना घण्टीहरू लिलामीमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरिएको थियो । तर, विरोधपछि सो प्रक्रिया रद्द गरी अहिलेको नयाँ संरचना निर्माण गरिएको हो ।

प्रकाशित मिति : 6:25 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ