पाथीभरा मन्दिरमा घण्टी आकारको संरचना निर्माण



ताप्लेजुङ, असोज ८ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टीहरूबाट घण्टी आकारको संरचना निर्माण गरिएको छ । करिब दुई हजार ३० वटा घण्टीहरू जोडेर घण्टी आकारको संरचना निर्माण गरिएको हो ।

उक्त संरचना पाथीभरा मन्दिर पुग्नुअघि प्रवेशद्वार नजिकै निर्माण गरिएको छ । करिब १६ फिट अग्लो र १२ फिट फराकिलो यो संरचना ६ हजार किलो तौलको रहेको छ। करिब १० लाख रुपियाँको लागतमा घन्टीको संरचना निर्माण गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताउनुभयो ।

संरचना नियान्स निर्माण सेवाले तयार गरेको हो । संरचना भक्तजनका लागि आकर्षणको नयाँ केन्द्र बनेको छ । यसले मन्दिर क्षेत्रको सौन्दर्यमा समेत थप वृद्धि गर्ने निर्देशक हाम्बाङको भनाइ छ । यस अघि पनि मन्दिर पुग्न करिब ५०० मिटर तल घण्टीको गेटसमेत निर्माण गरिएको छ । मन्दिर क्षेत्रलाई व्यवस्थित, आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन यस्ता संरचनाहरू निर्माण गरिँदै आएको निर्देशक हाम्बाङले बताउनुभयो ।

गत आर्थिक वर्षमा पाथीभरा मन्दिर क्षेत्रमै रहेका घण्टीहरू व्यवस्थापन गर्ने उद्देश्यले १६ हजार किलो तौलका पुराना घण्टीहरू लिलामीमार्फत बिक्री गर्न बोलपत्र आह्वान गरिएको थियो । तर, विरोधपछि सो प्रक्रिया रद्द गरी अहिलेको नयाँ संरचना निर्माण गरिएको हो ।

प्रकाशित मिति : 6:25 am

चीन सरकारले दियो मेरिङ्देनलाई स्काभेटर 

ताप्लेजुङ, कात्तिक ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट

ताप्लेजुङ युके युवा समाजद्धारा क्यान्सर तथा मिर्गौला पीडितलाई आर्थिक सहयोग

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङ युके युवा समाज बेलायतले

फङ्फङदेन झरना पर्यटन मेला मंसिर २ देखि, फुटबल विजेतालाई तीन लाख बराबरको अलैँची

ताप्लेजुङ, कात्तिक १० गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने

दोभानका आगलागी पीडितलाई ख्रीष्टियन समाजको तीन लाख ७६ हजार राहत

ताप्लेजुङ, कात्तिक २ गते । जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ, असोज ३१ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले